काठमाडौं – जनार्दन शर्माले कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा नेतृत्व तहमा रहेका व्यक्तिहरू नै जिम्मेवार रहेको बताएका छन्।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलन कमजोर बन्दै जानु र लोकप्रियतामा कमी आउनुमा नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गरेका छन्।


ADVERTISEMENT

# # #


शर्माले कम्युनिस्ट आन्दोलनले विगतमा ऐतिहासिक परिवर्तन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान दिए पनि जनताले दिएको विश्वास र अवसरको सही सदुपयोग हुन नसक्दा वर्तमान अवस्था सिर्जिएको बताएका छन्।

उनले कम्युनिस्ट विचारधारालाई जनताको जीवन र व्यवहारसँग जोड्न नसकिएको उल्लेख गर्दै अब नयाँ पुस्ताको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्। वर्गीय, जातीय र क्षेत्रीय विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माणमार्फत वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ छ।