काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत राउण्ड अफ ३२ का खेलमा ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन्।


ADVERTISEMENT


पाँच पटकको विश्वविजेता ब्राजिलले जापानविरुद्ध पुनरागमन गर्दै २–१ को जित निकाल्यो। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलका लागि कासेमिरोले बराबरी गोल गरे भने अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ पुर्‍याए।


ADVERTISEMENT

# # #


यता, पाराग्वेले चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै ठूलो उलटफेर गरेको छ। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो।

अर्को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो।