काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस हुने गरि प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगाएतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए ।


ADVERTISEMENT

# # #


उनले राम्रा कामका साथै नराम्रा कामको जिम्मेवारी पनि सरकारले लिनुपर्ने धारणा राखे । गणतन्त्र र लोकतन्त्रमा बोल्न पाउने अधिकार हुने भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने नियम–कानुन ल्याउन नहुने बताए । त्यस्तै उनले मल आयात गरेर वितरण गर्नु भन्दा स्वदेशमा नै आफैँले उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

ट्राफिक जरिवानाका बिषयमा साम्पाङले १ लाख रुपैयाँसम्मको ठुलो जरिवाना कायम गर्नु उचित नभएको उनले बताए । उनले जरिवाना भनेको गलत कामलाई सच्याउने माध्यम हुनुपर्ने भएकाले ऋण काढेर जरिवाना तिर्नुपर्ने अवस्था उचित नभएको धारणा राखे ।