भक्तपुर- भक्तपुर अस्पतालमा मेरुदण्ड (स्पाइन) को फ्र्याक्चर भएका एक बिरामीको सफल स्पाइन स्टेबिलाइजेसन (Spinal Stabilization) शल्यक्रिया सम्पन्न गरिएको छ।
बिरामी दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेर अस्पतालमा भर्ना भएको थियो।


ADVERTISEMENT


विस्तृत चिकित्सकीय मूल्याङ्कन तथा आवश्यक रेडियोलोजिकल परीक्षणपछि मेरुदण्डको फ्र्याक्चर पुष्टि भएको थियो। बिरामीको अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सफलतापूर्वक स्पाइन शल्यक्रिया सम्पन्न गरिएको हो।


ADVERTISEMENT

# # #


उक्त शल्यक्रिया भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछा को टोलीद्वारा सफलतापूर्वक सम्पन्न गरिएको हो।

हाल बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ र चिकित्सकहरूको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् । यस सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक स्पाइन शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

यस सफल शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउनु हुने एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहला अनेस्थेसिया टोलि तथा नर्सिङ टोलीप्रति अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।