काठमाडौं – वीर अस्पतालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको अवस्था अत्यन्त चिन्ताजनक रहेको जनाएको छ ।


ADVERTISEMENT


अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपालीको स्वास्थ्य अवस्थाकाबारे जानकारी दिैदै चिकित्सकको टोली लगातार उपचारमा रहेको भन्दै जुनजुकै बेला जे पनि हुन सक्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा.पियुष दाहालले करिब ५५ प्रतिशत शरीर जलेका कारण नेपाली अवस्था निकै चिन्ताजनक रहेकाले मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । बिरामीको टाउको, घाँटी, दुवै हात, छाती, पेट, ढाड र तिघ्रामा जलन भएको उनले बताए ।

बिरामीको उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पतालको बर्न प्लास्टिक सर्जरी विभागका प्रमुखसँग आवश्यक सल्लाह र परामर्श गरिएको तर दिल्ली लैजाने तयारी हुँदै गर्दा राति अचानक शारीरिक अवस्था झन् जटिल बनेकाले विशेषज्ञ टोलीले तुरुन्तै सीपीआर दिने अवस्था आएको डा दाहालले जानकारी दिए । .

उनले बिरामीको स्वास्थ्य सूचकांकहरू स्थिर रहेकाले कतै पनि स्थानान्तरण गर्नु सुरक्षित नहुने र थप जोखिम हुने भएकाले अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा निरन्तर उपचार जारी राख्ने निर्णय गरिएको बताए ।