काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मूत्यु भएको छ।


ADVERTISEMENT


शुक्रबार बिहान करिब १०ः२० बजे सिन्धुपाल्चोकतर्फ जाँदै गरेको एउटा गाडीमा राखिएको दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर अचानक विस्फोट भएको हो।


ADVERTISEMENT

# # #


विस्फोटका कारण सडकमा पैदल हिँडिरहेका बागलुङका स्थायी बासिन्दा तथा हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।