काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेको थियो ।
बैठकमा ३ उपसमितिको नेतृत्व रास्वपा र बाँकी दूई उपसमितिको संयोजकको जिम्मेवारी एमाले र राप्रपालाई दिइएको छ । बेरुजूहरू निकै पुराना र जटिल बनिसकेका ले यसलाई फस्र्योट गर्ने भन्ने विषयमा सम्बन्धित पक्षहरूसँग व्यापक छलफल गर्ने समिति सभापति खड्काले बताए ।
समितिको मुख्य ध्यान बेरुजूलाई प्रक्रियागत रूपमा, नियमसम्मत र व्यवस्थित तरिकाले कसरी न्यूनीकरण गर्ने भन्ने कुरामै केन्द्रित हुने उहाले जानाकारी दिए ।



























































