काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य भएको टिप्पणी गरेकी छिन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख सचेतक थापाले गणेश नेपालीको निधन प्रतिश्रद्धाञ्जली अर्पण गर्दै राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउन बाध्य भएको र राज्य मुकदर्शक बनेको टिप्पणी गरेकी हुन् ।


ADVERTISEMENT

# # #


२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो ? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छिन् ।

उनले अहिलेको घटनामा प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएकी छिन् । सांसद थापाले गणेश नेपालीले आफ्नो शरिरमा आगो लगाउदा समयमा एम्बुलेन्स पठाउनुको साटो प्रहरी प्रशासन लगाएर अपराधी झैँ घिसारेर लगेको उल्लेख गरेकी छिन् । थापाले सरकार जनताको जीवन बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाइक बनाउने धाउन्नमा केन्द्रित रहेको आरोप लगाएकी छिन् ।

उनले आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउनु दुखद भएको बताएकी छिन्।