काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत क्षेत्रमा नीति निर्माण, अनुसन्धान र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ६ वटा उपसमितिका संयोजक चयन गरेको छ।


ADVERTISEMENT


पार्टीका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले अपाङ्गता, आदिवासी जनजाति, दुर्व्यसन नियन्त्रण, पूर्व आप्रवासी, सञ्चार तथा कृषि क्षेत्रसँग सम्बन्धित उपसमितिहरूको नेतृत्व टुंगो लगाएको हो।


ADVERTISEMENT

# # #


बैठकको निर्णयअनुसार अपाङ्गता, संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी सुनार चयन भएका छन्।

यस्तै, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई जिम्मेवारी दिइएको छ।

प्रतिष्ठानले यी उपसमितिमार्फत विभिन्न विषयगत क्षेत्रका नीति, अनुसन्धान, अध्ययन, जनसरोकारका मुद्दा र प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ। साथै, पार्टीको नीति निर्माण प्रक्रियामा विज्ञता, तथ्यमा आधारित अध्ययन र विभिन्न समुदायसँगको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले उपसमितिहरूलाई सक्रिय बनाइने पनि प्रतिष्ठानले जनाएको छ।