काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनले सुझाव दिए ।

साथै उनले सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टि–लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकरजस्ता प्रविधिहरू प्रयोग गर्न समेत आग्रह गरे ।