काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई ससर्त समर्थन रहने जनाएको छ ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसंगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केहि व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताएका हुन्।
छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैँले संविधान संशोधन गर्ने वा एजेन्डा तय गर्ने नभइ व्यापक बहस मार्फत बहस पत्र तयार पार्नु मात्रै रहेको जनाएका छन् ।
त्यस्तै प्रधानमन्त्रीसंगको छलफलमा स्वास्थ्य बीमामा देखिएको समस्या, मलको अभाव र वितरणमा अस्तव्यस्तता, शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत एवं अत्यावश्यक क्षेत्रमा लगाएको करका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष लिङ्देनले बताएका छन् ।
त्यस्तै होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार र अन्य दैनिक समस्याहरू समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लिङ्देनले जानकारी दिएका छन् ।
छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीज्यू सहभागी छन्।



























































