काठमाडौं – नेपाली बाजारमा आईतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
आज सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।



























































