काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप र त्यसपछिको गोलीकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै विराटनगरका स्थानीय युवाहरूले बजार बन्द गराएका छन्।


ADVERTISEMENT


आइतबार राति दुई समूहबीच भएको झडपपछि भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएपछि विरोधस्वरूप स्थानीय युवाहरूले बजार, पसल तथा व्यापारिक प्रतिष्ठान बन्द गराएका हुन्। विराटनगरको मुख्य बजार क्षेत्र पूर्ण रूपमा बन्द रहे पनि अन्य केही क्षेत्रमा भने पसलहरू आंशिक रूपमा खुलेका छन्।


ADVERTISEMENT

# # #


बजारसँगै बैंक तथा वित्तीय संस्था, विद्यालयलगायतका सेवा पनि प्रभावित भएका छन्। बजार बन्द भए पनि समग्र सुरक्षा अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा निकायले संवेदनशील क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको छ।

यसैबीच, मोरङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म मेला, महोत्सव, विवाह, पार्टी, उत्सव, धार्मिक कार्यक्रम, पुराण तथा डिजे बजाउनेलगायतका भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबैलाई संयम अपनाउन र आदेशको पालना गर्न आग्रह गरेको छ।