काठमाडौं- सेयर बजारमा देखिएको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन ठूलो अंकले घटेको बजार मंगलबार सामान्य अंकले ओरालो लागेको हो।


ADVERTISEMENT


मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६ अंकमा बन्द भएको छ। अघिल्लो कारोबार दिन नेप्से २७०१ अंकमा रोकिएको थियो।


ADVERTISEMENT

# # #


कारोबार सुरु भएदेखि नै बजारमा उतारचढाव देखिएको थियो। दिनभरको कारोबारमा नेप्से केही समय सुधारतर्फ गए पनि दबाबबाट मुक्त हुन सकेन। दिउँसो १२:१० बजे बजार घटेर २६८१ अंकसम्म पुगेको थियो।

बजारमा गिरावटसँगै कारोबार गतिविधि पनि कमजोर बनेको छ। मंगलबार कुल ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

कारोबार रकम घट्नु र नेप्सेमा लगातार दबाब देखिनुले लगानीकर्ता अझै सतर्क अवस्थामा रहेको संकेत गरेको छ। बजार विश्लेषकहरूले छोटो अवधिको उतारचढावलाई सामान्य बजार चक्रका रूपमा लिन र लगानी गर्दा कम्पनीको आधारभूत अवस्था अध्ययन गर्न सुझाव दिएका छन्।