काठमाडौं – कठमाडौ महानगरपालिकाले बर्षातको समयमा माइतिघर क्षेत्रमा डुवान हुने समस्या समाधानका लागि ढल निकासलाई फराकिलो बनाउन सुरु गरेको छ ।
केहिबेरको बर्षाले समेत माइतिघर क्षेत्र डुवान हुने गरेपनि महानगरले वडा नंवर ११ स्थीत सो क्षेत्रको डुवान समस्या समाधानका लागि निकासमाथि निर्माण भएका सँरचनाहरू हटाउन थालेको हो । काठमाडौं महानगर, बिपद् व्यवस्थापन बिभागका प्रमुख अनिरुद्र नेपालले निकासको अवरोध हटाउदै ढल निकासलाई फराकिलो बनाएपछि डुवानको समस्या समाधान हुने बताए ।
उनले प्राविधिक समितिले समस्या पहिचान गरी प्रतिवेदन पेश गरेपछि सोहि आधारमा समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए । पानी बग्ने बहाव क्षेत्रका केही स्थानहरू ब्लक भएका कारण डुवानको समस्या उत्पन्न भएको उनले बताए ।































































