काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार र नयाँ लगानीमा सरकारको जोड रहेको बताएको छ ।


ADVERTISEMENT


मंगलबार मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरुसंग छलफल गर्दै अर्थमन्त्री वाग्लेले देशमा संचालनमा रहेका उत्पादनमूलक उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने, व्यवसाय विस्तारका लागि आत्मविश्वास बढाउने र नयाँ उद्योग तथा लगानीको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएको हो ।


ADVERTISEMENT

# # #


उत्पादन क्षमता, व्यवसाय विस्तार र नयाँ लगानीमा सुधार आए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यात स्वतः बढेर जाने उनले बताए । उनले सरकारले आफैँ व्यापार÷उद्योग चलाउनुभन्दा पनि उद्योग संचालन र विस्तारका लागि अनुकुल वातावरण बनाउनेमा ध्यान केन्द्रीत गरेको धारणा राखे । मन्त्री वाग्लेले उत्पादन लागत बढ्नुको कारण, लगानी आउन नदिनुका कारण, कानुनी वा प्रशासनिक जटिलताहरू जस्ता विषयहरू प्रतिवेदनमा मात्र सीमित नराखी व्यवहारिकरुपमा समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको भन्दै आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने जनाए ।

पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका उनको भनाइ छ । उनले उत्पादन, लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपालको निर्माण सवैको साझा लक्ष्य भएको उल्लेख गरे ।