काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ।


ADVERTISEMENT


राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् ।