काठमाडौं- ट्रान्क्विलिटी स्पा प्रालिले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली आईएसओ ९००१:२०१५ को प्रमाणीकरण प्राप्त गर्दै नेपालको पहिलो तथा एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार यो प्रमाणीकरण युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस बेलायतको यूकेएएस र अन्तर्राष्ट्रिय प्रत्यायन मञ्चबाट मान्यता प्राप्त प्रमाणीकरण संस्था हो। यसले ट्रान्क्विलिटी स्पाले सञ्चालन गरिरहेको गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


यो प्रमाणीकरण उपचारात्मक मसाज, सौन्दर्य उपचार सेवा, वाष्प स्नान, साउना, ज्याकुजी, व्यायामशाला, पौडी पोखरी तथा टेनिस सुविधासहितका सेवामा लागू भएको कम्पनीले जनाएको छ। यसले सेवा प्रवाह, सरसफाइ, सुरक्षा र ग्राहक सन्तुष्टिमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम रहेको प्रमाणित गरेको उल्लेख गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुलले यो प्रमाणीकरण केवल प्रमाणपत्रमा सीमित नभई ग्राहकप्रतिको प्रतिबद्धताको औपचारिक मान्यता भएको बताए। उनले ट्रान्क्विलिटीका सबै शाखामा समान गुणस्तर, सरसफाइ र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यलाई यसले थप बल दिएको उल्लेख गरे।

यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुलले वर्षौंदेखि कम्पनीले अवलम्बन गर्दै आएको गुणस्तर व्यवस्थापन प्रणालीले अन्तर्राष्ट्रिय मान्यता पाएको भन्दै यसले सेवा सुधार र ग्राहकको विश्वासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

१८ वर्षदेखि सञ्चालनमा रहेको ट्रान्क्विलिटी स्पाले काठमाडौं, चितवन, पोखरा, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा हाल ३०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

त्यसैगरी, ट्रान्क्विलिटी इन्टरनेसनल ब्यूटी एन्ड स्पा एकेडेमीमार्फत हालसम्म ३ हजार ५ सयभन्दा बढी व्यक्तिलाई स्पा तथा सौन्दर्य सेवासम्बन्धी व्यावसायिक तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा विस्तार गर्दै ग्राहकलाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।