काठमाडौं – एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री बितरण सुरु गरेको छ । १४.२ के.जि.को ग्यास सिलिण्डरको बिक्रि वितरणको शुरुवात गरेसंगै ग्यासको अभाव देखिएपछि निगमले


ADVERTISEMENT


शनिबारदेखि निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकामा बजारिकरण गर्ने केही ग्यास उद्योगहरुको ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिण्डरहरु बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ ।

निगमले बिक्रि सुरु गरेसंगै उपभोक्ताहरु ग्यास दिन टेकु पुगेका छन् । त्यस्तै निगमले ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन समेत दिएको छ । दैनिक रुपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेका निगमले जनाएको छ ।