काठमाडौं । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन नायब सुब्बासहित ६ जनालाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नियन्त्रणमा लिएको छ।


ADVERTISEMENT


अख्तियारका अनुसार नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल लगायतको मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने कामका लागि सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।


ADVERTISEMENT

# # #


उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।