काठमाडौं – सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ ।


ADVERTISEMENT


आज कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।


ADVERTISEMENT

# # #


आज १२६ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ७ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०।२६, विकास बैंक ०.२३, होटल तथा पर्यटन ०.०१, जीवन बीमा ०।०९, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जलविद्युत् समूह स्थिर अंकमा रह्यो । फाइनान्स ०.२९, लगानी ०।१०, उत्पादन तथा प्रशोधन ०.५७, अन्य ०.८३ तथा व्यापार ०.३३ प्रतिशत घटे ।