काठमाडौं – समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।
बक्यौता नबुझाएपछि तालाबन्दी गरेको १ सय १४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो ।


ADVERTISEMENT


ताला खोलेपनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।


ADVERTISEMENT

# # #


पुस्कालयको ताला खोल्न चौतर्फी दवाव आएपछि परिषद्का पदाधिकारीहरुले बुधबार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरुले विरोध जनाएका थिए । उनीहरुले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकहरुलाई नै दिन माग गरेका थिए । त्यसपछि परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबीच सहमति गरिएको थियो ।

सहमति अनुसार पुरस्कालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्ने र सोमबारदेखि पूर्ण रुपमा पाठनपाठनका लागि खुला गरिने समाज कल्याण परिषद् व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिएका छन् ।

पुस्तकालयको तालाचाबी अहिले पुस्तकालय प्रशासनमा नै रहने गर्ने र पुस्तकालय सञ्चालनको मोडालिटीका बारेमा परिषद र पुस्तकालय कार्यसमिति बसेर छलफल गरी उचित निकास निकाल्ने सहमति भएको उनले बताएका छन् । बक्यौता रकम नतिरेको भन्दै परिषद्ले २०८२ साल चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो ।