काठमाडौं- एनसेलले मनसुनको अवसर पारेर आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम कार्ड खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।


ADVERTISEMENT


योजनाअनुसार ग्राहकले रु५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्ड पुष्टि हुने एसएमएस प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ, जसलाई २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ। प्राप्त क्यासब्याक भने जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


एनसेलका अनुसार रु ५०–९९ सम्मको प्याकमा ५ प्रतिशत, रु १००–२०० मा १० प्रतिशत, रु २०१–४९९ मा १५ प्रतिशत र रु ५०० वा सोभन्दा माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। प्रत्येक योग्य प्याक खरिदमा क्यासब्याक पाइने भए पनि यो रिवार्ड नगदमा रूपान्तरण वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न मिल्ने छैन।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले यो अभियान ल्याइएको बताउँदै एनसेल एपमार्फत विभिन्न डिजिटल सेवा, साझेदारी र विशेष लाभको अनुभव लिन सकिने बताए।

एनसेलका अनुसार यो सीमित अवधिको अफर प्रिपेड ग्राहकहरूका लागि मात्र लागू हुनेछ र कम्पनीको डिजिटल इकोसिस्टम विस्तार गर्ने रणनीतिक अभियानको एक हिस्सा हो।