काठमाडौं – एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
२०८३ असार मसान्तसम्म कायम ४ अर्ब ८१ करोड १७ लाख रुपैयाँभन्दा बढी इकाई पुँजीमा आधारित कुल २५ करोड ६८ लाख १७ हजार रुपैयाँभन्दा बढी प्रतिफल वितरण गरिने भएको हो। कम्पनीका अनुसार २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्तामात्र प्रतिफलका लागि योग्य हुनेछन्।
लाभांश पुनर्लगानी (DRIP) रोज्ने लगानीकर्ताले सोही प्रतिफलबाट थप इकाई खरिद गर्न सक्नेछन् भने पुनर्लगानी नगर्ने इकाईधनीको बैंक खातामा कर कट्टीपछि रकम जम्मा गरिनेछ। कम्पनीले लगानीकर्तालाई बैंक विवरण अद्यावधिक राख्न तथा थप जानकारीका लागि आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।


























































