काठमाडौं – नेपाल बैंक लिमिटेड र चितवन ऊर्जा लिमिटेडबीच तल्लो हुग्दीखोला जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनका लागि ऋण सम्झौता भएको छ।


ADVERTISEMENT


सम्झौताअनुसार नेपाल बैंकले ४.७५ मेगावाट क्षमताको उक्त आयोजनाका लागि कुल परियोजना लागतको करिब ७० प्रतिशत बराबरको  ६५१ मिलियन कर्जा तथा अन्य बैंकिङ सुविधा उपलब्ध गराउनेछ।


ADVERTISEMENT

# # #


ऋण सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन ऊर्जा लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरेका छन्। सम्झौतापछि दुवै पक्षले आयोजनालाई समयमै सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहकार्य र समन्वयलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल बैंकले ऊर्जा क्षेत्रका उत्पादनमूलक आयोजनामा लगानी विस्तार गर्दै मुलुकको ऊर्जा विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ यो वित्तीय सहयोग उपलब्ध गराएको जनाएको छ।

उक्त प्रेस विज्ञप्ति नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट २०८३ साउन २० गते जारी गरिएको हो।