काठमाडौं – नेपाली गीत–संगीत क्षेत्रमा नयाँ–नयाँ सिर्जना लिएर सक्रिय कलाकारहरूले पछिल्ला दिनमा एकपछि अर्को गीत सार्वजनिक गरिरहेका छन्।
यसैक्रममा गायिका अन्ना घलेको नयाँ गीत ‘मेरो जिन्दगीको ड्राइभर’ सार्वजनिक भएको छ भने गायक दिलीप लिम्बु र गायिका सुनिता थेगिमका गीतले पनि दर्शक–श्रोताको राम्रो साथ पाइरहेका छन्।
अन्ना घलेको स्वरमा रहेको ‘मेरो जिन्दगीको ड्राइभर’ मा निरज सिग्देलको शब्द, सन्दीप पनेरुको संगीत तथा प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रदिप श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ काठमाडौंको कमलपोखरीस्थित भ्वाइस आर्ट एकेडेमीमा गरिएको हो।
गीतको म्युजिक भिडियो राम कैलाश थापा र सूर्य थापा मगरले निर्माण गरेका छन्। भिडियोमा सल्लाहकारका रूपमा दिलीप लिम्बु रहेका छन् भने छायाङ्कन सुमन तामाङ, सम्पादन तथा रङ संयोजन हेमन तामाङले गरेका छन्। मेकअप अशोक मण्डलले गरेका छन् भने पोस्ट–प्रोडक्सन इटहरीस्थित कोशी भिजन फिल्म्सले गरेको छ।
यता, गायक लिम्बु र गायिका सुनिता थेगिमको पहिलो सहकार्य रहेको ‘मुलघाटैको पुल’ गीतले उल्लेखनीय सफलता हासिल गायक लिम्बुको भनाइ छ । गीतमा गजेन्द्र राईको शब्द तथा कृष्ण भक्त राईको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा दिलीप लिम्बु, पवित्रा टिलिङ र मदन लिम्बुको अभिनय रहेको छ।
यसैबीच, गयाक लिम्बु र गायिका थेगिमको युगल स्वरमा रहेको ‘लैजाऊँला हङकङ सहरमा’ बोलको गीतले पनि दर्शक–श्रोताको राम्रो प्रतिक्रिया पाएको गायक लिम्बुले बताएका छन्। गीतमा पदम साधना कुलुङको शब्द, रुद्र श्रेष्ठको संगीत तथा कुन्दन राईको संगीत संयोजन रहेको छ।
‘लैजाऊँला हङकङ सहरमा’को भिडियोमा पनि स्वयम गायक लिम्बु, पवित्रा टिलिङ र मदन लिम्बुले अभिनय गरेका छन्। छायाङ्कन सुमन तामाङ, सम्पादन तथा कलर हेमन तामाङ, कोरियोग्राफी केशव दियाली र निर्देशन रोशन कमल पराजुलीले गरेका हुन्। भिडियोको पोस्ट–प्रोडक्सन कोशी भिजन फिल्म्स, इटहरीले गरेको हो।
निर्माण टोलीले नयाँ तथा पुराना दुवै गीतप्रति दर्शक–श्रोताले देखाएको माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
p>


























































