काठमाडौं-  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।


ADVERTISEMENT


नेप्सेका अनुसार योजना अन्तर्गतका इकाइ २०८३ साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने साउन २५ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।


ADVERTISEMENT

# # #


नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको उक्त योजनाको अन्तिम बाँडफाँट २०८३ असार २४ गते सम्पन्न भएको थियो।

यो १० वर्षे बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन्। प्रत्येक इकाइको अंकित मूल्य १० रुपैयाँ रहेको छ भने कोषको कुल आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

योजना व्यवस्थापन पक्षका अनुसार रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पूँजी वृद्धि तथा सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य राखेको छ।