काठमाडौं – याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा जीएस७०, जीटी७० र जीटी८० गरी तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।


ADVERTISEMENT


आधुनिक डिजाइन, स्मार्ट प्रविधि, लामो रेन्ज र उन्नत सुरक्षा सुविधासहित ल्याइएका यी स्कुटरले सहरी यात्रालाई अझ सहज, किफायती र वातावरणमैत्री बनाउने कम्पनीको विश्वास छ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार जीएस७०ले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटर, जीटी७०ले २२० किलोमिटर र जीटी८०ले १५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। जीटी८०को अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ।

नयाँ स्कुटरमा स्मार्ट डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, मोबाइल नेभिगेसन, स्मार्ट एप, स्मार्ट चाबी प्रणाली, ट्र्याक्सन नियन्त्रण, क्रुज नियन्त्रण तथा दोहोरो डिस्क ब्रेक जस्ता अत्याधुनिक सुविधा समावेश गरिएको छ।

कम्पनीले तीनै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ। साथै, नाईमा अटो शो अवधिभर स्कुटर खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ विशेष छुट समेत प्रदान गरिने जनाएको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन र लामो रेन्जका कारण यी स्कुटर नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ।