काठमाडौं – कुमारी बैंक लिमिटेडको गढवाशाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिमलाभग्राहीलाई बीमादाबी रकम हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


श्रीमती खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधनपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमादाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमादाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमाआर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले ग्राहकहरूको वित्तीय सुरक्षातथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधाउपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदानगरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहतउपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावनाअभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षागरिएको छ ।

विशेषगरी ग्रामीण तथादुर्गम क्षेत्रकानागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँचविस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालनगरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहकतथानिजका परिवारलाई आवश्यक समयमावित्तीय सहयोग प्रदानगर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।