काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


ADVERTISEMENT


बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीकै विषयमा मुद्दा दायर भएको जनाएको हो। बैंकले उक्त घटनाबाट नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नपरेको स्पष्ट पारेको छ। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहेको भन्दै सबै सेवा पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन हुने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकिङ प्रणालीप्रति जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि बैंकले आग्रह गरेको छ। साथै, बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सरोकारवालालाई अनुरोध गरेको छ।

बैंकले आफूहरूप्रति निरन्तर देखाउँदै आएको विश्वास र सद्भावप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ।