काठमाडौं – जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि आज पेसी तोकिएको छ ।


ADVERTISEMENT


श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो ।

ढकालको इजलासले आधार र कारणसहित भदौ १ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।