काठमाडौं – बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ ।
आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो।





























































