काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो । मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा ८४ सुब्बाहरूको सरुवा गरेको हो । कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ ।


ADVERTISEMENT

# # #


पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना गरी कुल ८४ जना सुब्बाहरू सरुवामा परेका हुन् । सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत छन्।

विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न र प्रशासनिक कार्यलाई थप चुस्त बनाउन कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिइएको छ।