काठमाडौं –भीजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १ सय ११ वटा विद्युतीय सवारीसाधन बिक्री गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कम्पनीले अब नेपालमा १० हजार एसआरएम ईभी बिक्री गर्ने नयाँ लक्ष्य सार्वजनिक गरेको छ।


ADVERTISEMENT


नेपालमा एसआरएम ईभीको यात्रा सन् २०२३ अगस्टबाट सुरु भएको थियो। छोटो समयमै बजारबाट सकारात्मक प्रतिक्रिया पाउँदै १,१११ वटा विद्युतीय सवारी बिक्री गर्न सफल भएको कम्पनीको भनाइ छ।


ADVERTISEMENT

# # #


कम्पनीले १,१११ बिक्रीको उपलब्धिलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’ का रूपमा व्याख्या गरेको छ। एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन्।

नेपालको सडक अवस्था र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै एसआरएम ईभीमा ग्राउन्ड क्लियरेन्स, मोटरको शक्ति तथा टर्क वृद्धि गरिएको कम्पनीले जनाएको छ। साथै, सीएटीएल ब्याट्री प्रयोग गर्दै आएको र सर्तसहित ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको बताइएको छ।

हाल नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन् भने ४० जिल्लामा १ हजार ५०० भन्दा बढी मेकानिक र ५० भन्दा बढी ड्राइभिङ इन्स्ट्रक्टरलाई ईभी प्रविधि तथा सडक सुरक्षासम्बन्धी तालिम दिइएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनमा दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी समेत नेपालमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

१,१११ सवारी बिक्रीको उपलब्धिपछि भीजी मोटर्सले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक जनशक्ति, स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवामा थप लगानी गर्दै नेपालभर १० हजार एसआरएम ईभी पुर्‍याउने लक्ष्य अघि सारेको छ।