काठमाडौं – नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ।


ADVERTISEMENT


सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो। यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ।


ADVERTISEMENT

# # #


नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामी सवारीसाधन सञ्चालनमा आइसकेका छन्। यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ। नामी भिगो इ२ को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नयाँ नामी बक्स का सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिनेछ।