काठमाडौं-  एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका योग्य ग्राहकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्बन्धी सहकार्य भएको छ । सहकार्यअन्तर्गत एनसेलका ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा ओपीडी चिकित्सकीय परामर्शमा छुट तथा निःशुल्क सेवा पाउने भएका छन् ।


ADVERTISEMENT


सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय प्याक वा रेन्टल भएका एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा निःशुल्क ओपीडी चिकित्सकीय परामर्श लिन सक्नेछन् । यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँभन्दा कमको सक्रिय प्याक वा रेन्टल भएका ग्राहकले ओपीडी चिकित्सकीय परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित टोमरले हस्ताक्षर गरेका हुन् ।

सहकार्यबारे दत्ताले एनसेलका प्याकमार्फत ग्राहकलाई प्रत्यक्ष स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको बताए । उनले कनेक्टिभिटीसँगै ग्राहकको स्वास्थ्य र कल्याणमा समेत योगदान पुर्‍याउने उद्देश्य रहेको उल्लेख गरे ।

उक्त सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेस’ अन्तर्गत नेपाल मेडिसिटी अस्पताल खोज्नुपर्नेछ । एपले योग्य ग्राहकका लागि उपलब्ध सुविधालाई स्वतः देखाउनेछ । अन्य एनसेल ग्राहकले सम्बन्धित प्याक वा रेन्टल सक्रिय गरी उक्त सुविधा लिन सक्नेछन् ।

नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित टोमरले सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवा थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग गर्ने बताए । उनका अनुसार यस्ता साझेदारीले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

एनसेलले कनेक्टिभिटी सेवाभन्दा अघि बढ्दै ग्राहकलाई दैनिक जीवनसँग प्रत्यक्ष जोडिने उपयोगी सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न विश्वसनीय ब्रान्ड तथा सेवा प्रदायकसँग सहकार्य गर्दै आएको जनाएको छ ।