काठमाडौं – रसुवामा भोटेकोशी नदीको बाढीको बहाव बढ्दै गएको छ। बाढी स्याफ्रुबेँसीसम्म आइपुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बाढीको अवस्था निरन्तर बढिरहेको जनाउँदै त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।महाशाखाले अर्को सूचना जारी नभएसम्म नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको बहावसमेत बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनामा ध्यान दिन र नदीको बहाव नजिक नजान समेत आग्रह गरिएको छ।































































