काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा ग्लोबल भारत ब्रान्ड एम्बेसडर डा. विजय जोलीले नेपालमा आएको विनाशकारी बाढीपहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।


ADVERTISEMENT


नेपाल सरकार र नेपाली जनताका नाममा सन्देश जारी गर्दै जोलीले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन्।


ADVERTISEMENT

# # #


उनले भारत र नेपालबीच सीमा मात्र नभई इतिहास, संस्कृति, आस्था, मित्रता र पारिवारिक सम्बन्धका शताब्दीयौं पुराना सम्बन्ध रहेको उल्लेख गरे।

जोलीले हिन्दीमा भनेका छन्, “नेपाल अकेला नहीं है। भारत के लोग अपने नेपाली भाइयों और बहनों के साथ मजबूती से खड़े हैं।” अर्थात् नेपाल एक्लो छैन, भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा मजबुत रूपमा उभिएका छन्।

उनले विपद्बाट प्रभावित परिवारका लागि शक्ति, साहस, सुरक्षा, शान्ति र शीघ्र पुनःस्थापनाको कामना गर्दै नेपालमा जारी उद्धार, राहत तथा पुनःस्थापना प्रयासप्रति समर्थन जनाएका छन्।