काठमाडौं- सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
सिप्राभ्या समूहअन्तर्गत रहेका दुवै कम्पनीले विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत, स्वास्थ्य उपचार, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन्।
यससँगै समूहले आफ्नो सीएसआर संस्था सिप्रदियन सहायता संस्था मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सहयोगसमेत सुरु गरेको जनाएको छ।
संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर पीडित परिवारको तत्कालीन आवश्यकताका आधारमा खाद्यान्न, आधारभूत सामग्री तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गरिरहेका छन्।
आर्थिक सहयोगसँगै प्रत्यक्ष रूपमा राहत तथा पुनःस्थापनामा सहभागी हुँदै सिप्राभ्या समूहले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय विपद्को यस कठिन घडीमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।































































