काठमाडौं – त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्।
उपकुलपतिको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले सिंह र शिवाकोटीलाई नयाँ जिम्मेवारी दिएका हुन्।
शिक्षा मन्त्रालयका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन्। शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायमा प्राध्यापकका रूपमा कार्यरत छन्।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत त्रिविका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। त्यसपछि असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार पद रिक्त रहँदै आएको थियो।































































