काठमाडौं – नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट रहेको घरबाट २४ जनाको शव निकालिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार उद्धार टोलीले घरभित्र खोजी गर्दा २४ वटा शव फेला पारेको हो। अन्य क्षेत्रमा समेत खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
फेला परेका शवको मुचुल्का तयार गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ। हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन। मुचुल्काको काम सकिएपछि शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने प्रहरीले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो।































































