काठमाडौं – लगातार दोस्रो कारोबार दिन बढेको सेयर बजारमा बुधबार नेप्से परिसूचक १५.४४ अंकले उकालो लागेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ। मंगलबार नेप्से ९.२४ अंकले बढेको थियो।


ADVERTISEMENT


बुधबार २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको हो। कारोबारमा आएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।


ADVERTISEMENT

# # #


आज कारोबार भएका अधिकांश उपसमूहमा हरियाली देखिएको छ। जलविद्युत् समूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ। बैंकिङ ०.७३, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.१८, लगानी ०.४१ र जीवन बीमा ०.०९ प्रतिशतले बढेका छन्।

उत्पादन तथा प्रशोधन ०.४८, माइक्रोफाइनान्स ०.४३, अन्य ०.८० र व्यापार समूह ०.७२ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा समूह भने ०.०७ प्रतिशतले घटेको छ।