काठमाडौं- आफ्नै जग्गा भए पनि ठूलो बजेट नभएका परिवारलाई लक्षित गर्दै डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले साढे दुई तले आधुनिक तथा सुविधासम्पन्न घर ७७ लाख रुपैयाँमै निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार ग्राहकसँग भएको साढे तीन आना (३.५ आना) जग्गामा साढे दुई तले (२.५ तला) घर सम्पूर्ण निर्माण सामग्रीसहित ७७ लाख रुपैयाँको बजेटमा निर्माण गरिनेछ। निर्माण लागत बढिरहेका बेला गुणस्तरीय सामग्री प्रयोग गरी आर्थिक रूपमा सहज हुने गरी घर निर्माण गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।
प्रस्तावित घरमा भुइँतलामा एक बेडरुम, पहिलो तलामा दुई बेडरुम र दोस्रो तलामा दुई शयनकक्ष रहनेछन्। उपलब्ध जग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधा र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गरिने कम्पनीले जनाएको छ।
वास्तु परामर्शसहित डिजाइन
डेभकोको योजनाको अर्को विशेषता वास्तुविशेषज्ञको परामर्शअनुसार घरको संरचना तथा कोठाहरूको उपयुक्त स्थान निर्धारण गर्नु रहेको कम्पनीले जनाएको छ। जग्गाको अवस्था, दिशागत अवस्थिति तथा परिवारको आवश्यकतालाई ध्यानमा राखी बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजाकोठा र सिँढीलगायतका स्थान निर्धारण गरिनेछ।
कम्पनीका अनुसार ग्राहकको आवश्यकताअनुसार वास्तुसम्बन्धी सुझावलाई डिजाइन प्रक्रियामा समायोजन गरिनेछ।
डिजाइनदेखि फिनिसिङसम्म एउटै कम्पनीको सेवा
घर निर्माणका लागि ग्राहकले विभिन्न सेवा प्रदायक खोज्दै हिँड्नुपर्ने झन्झट कम गर्न डिजाइनदेखि पूर्ण फिनिसिङसम्मका काम एउटै कम्पनीमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको डेभकोले जनाएको छ।
ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता र उपलब्ध बजेटलाई प्राथमिकतामा राखेर वास्तु परामर्श, संरचनात्मक डिजाइन तथा आधुनिक आवासीय डिजाइनसहित घरको योजना तयार गरिने कम्पनीको भनाइ छ।
दशैंअघि सम्झौता गर्नेलाई ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
कम्पनीले योजनाअन्तर्गत दशैंअघि घर निर्माणको सम्झौता गर्ने ग्राहकलाई ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने जनाएको छ।
आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ल्याइएको दशैं अफरले घर निर्माणको लागत व्यवस्थापनमा ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीको विश्वास छ।
डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले इन्जिनियरिङ, वास्तु तथा आवासीय घर डिजाइन, संरचनात्मक डिजाइन, निर्माण तथा फिनिसिङसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।































































