काठमाडौं- प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रमिला कुमारी गच्छदारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहोरात्र उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेकी छन्।


ADVERTISEMENT


उनले भोटेकोशी सुरुङभित्र फसेका श्रमिकको उद्धारमा सरकारले देखाएको ढिलाइ र अदूरदर्शिताप्रति प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय विज्ञ तथा जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई उद्धारमा सहभागी गराउन ढिलाइ गर्नु गम्भीर विषय भएको बताइन्।


ADVERTISEMENT

# # #


‘यस क्षतिको मूल्य कसले र कसरी चुकाउने?’ भन्दै गच्छदारले यो प्रश्न आफ्नो मात्र नभई पीडित परिवारको समेत भएको उल्लेख गरिन्।

मोरङ, सुनसरीलगायत देशभरबाट हजारौँ मानिस बेपत्ता भएको उल्लेख गर्दै उनले सुरुङभित्र फसेका श्रमिकको उद्धारलाई प्राथमिकतामा राखी आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन सरकारसँग आग्रह गरिन्।

गच्छदारले बाढीपीडितको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन, प्रभावितको पुनर्स्थापना गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि  संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन्।