काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी संस्थाको तर्फबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।


ADVERTISEMENT

# # #


केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको नाडाले जनाएको छ।

नाडाले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित क्षेत्रमा पुगेर तत्काल आवश्यकताको पहिचान गर्दै खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गरिरहेको छ।

विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग र प्रत्यक्ष राहत कार्यलाई निरन्तरता दिने जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निर्माण पाठकलगायतको उपस्थिति थियो।