काठमाडौं – बिहीबार साँझ सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ ।


ADVERTISEMENT


मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले हिमालयपोष्टलाई जानकारी दिए । ा उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।


ADVERTISEMENT

# # #


हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।

स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् ।