काठमाडौं – खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा सांकेतिक प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


आरआर क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरूले इँटा राखेर अस्थायी चुलो निर्माण गर्दै दाउरा बालेर खाना पकाएका हुन् । ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्यालाई सरकारसमक्ष देखाउन सडकमा खाना पकाएर विरोध जनाइएको उनीहरूको भनाइ छ ।


ADVERTISEMENT

# # #


विद्यार्थीहरूले बजारमा सहज रूपमा ग्यास उपलब्ध गराउन तथा अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।