काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन आयातकर्ताहरूको संस्था Mobile Phone Importers Association (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो । सहयोग रकम एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष मल्होत्राले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोगमा सहभागी सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे ।
एमपीआईएले संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास व्यक्त गरेको छ ।
































































