काठमाडौं – मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ ।
यस सहकार्य अन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
दशकौँदेखि सिवेक हस्पिटल नेपालका प्रतिष्ठित स्वास्थ्य संस्थामध्ये एकका रूपमा परिचित छ । स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटल बिरामीकेन्द्रित सेवा र अन्तर्राष्ट्रियस्तरको चिकित्सा सेवाका लागि परिचित छ । नेपालमा बसोबास गर्ने व्यक्ति, विदेशी नागरिक, कूटनीतिज्ञ, व्यवसायी तथा पर्यटकहरूका लागि समेत सिवेक एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकका रूपमा स्थापित छ । यस सहकार्यसँगै मेटलाइफका ग्राहकले सिवेकका केही स्वास्थ्य सेवामा विशेष दरमा सेवा लिन सक्नेछन्, जसले वान बाई मेटलाइफ एपमार्फत उपलब्ध सुविधाहरूमा थप मूल्य अभिवृद्धि गर्नेछ ।
यस सहकार्य अन्तर्गत योग्य डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका आश्रित परिवारका सदस्यहरू—आमाबुबा, पति वा पत्नी तथा छोराछोरी—ले इन–हाउस ल्याबोरेटरी सेवामा १०%, रेडियोलोजी सेवामा १०% र सीटी सेवामा १५% छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वसनीय सेवा प्रदायकहरूसँग जोड्दै ग्राहकलाई दैनिक जीवनमा थप उपयोगी सुविधा उपलब्ध गराउने मेटलाइफ नेपालको निरन्तर प्रयासको एक हिस्सा यो सहकार्य हो । नियमित स्वास्थ्य परीक्षणदेखि विशेष प्रकृतिका डायग्नोस्टिक जाँचसम्म, यी सुविधाले ग्राहक तथा उनीहरूका परिवारलाई वान बाई मेटलाइफ एपमार्फत गुणस्तरीय स्वास्थ्य सेवा थप सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ ।
सिवेक हस्पिटलका बारेमा
सिवेक हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रियस्तरको सेवाप्रति आफ्नो प्रतिबद्धताका कारण नेपालका अग्रणी स्वास्थ्य संस्थामध्ये एकका रूपमा परिचित छ । काठमाडौंको लाजिम्पाटमा मुख्य सुविधा रहेको सिवेक हस्पिटलले पोखरामा समेत सेवा प्रदान गर्दै आएको छ । चार दशकभन्दा लामो समयदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई सेवा दिँदै आएको हस्पिटल नेपालमा बसोबास गर्ने व्यक्ति, विदेशी नागरिक, कूटनीतिज्ञ, विकास क्षेत्रका पेशाकर्मी तथा पर्यटकहरूबीच समेत विश्वसनीय स्वास्थ्य सेवा प्रदायकका रूपमा स्थापित छ । बरामीकेन्द्रित सेवा, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मी र उत्कृष्ट चिकित्सा सेवाका लागि परिचित सिवेक हस्पिटलले नेपालमा भरपर्दो र समग्र स्वास्थ्य सेवा खोज्नेहरूका लागि प्राथमिकतामा पर्ने स्वास्थ्य संस्थाका रूपमा आफ्नो पहिचान बनाएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको आवश्यकता अनुरूपको व्यक्तिगत सेवामा केन्द्रित यसको कार्यशैलीले सिवेकलाई धेरैका लागि विश्वसनीय स्वास्थ्य गन्तव्य बनाएको छ ।
मेटलाइफको बारेमा
आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।
































































