काठमाडौं- मकवानपुर निर्माण व्यवसायी संघको आगामी अधिवेशनमा खुल्ला सदस्य पदका उम्मेदवार कुमार पोखरेलले आफ्नो उम्मेदवारीलाई अनुभव, युवा सोच र निर्माण क्षेत्रको सुदृढीकरणसँग जोडेर अघि बढाएका छन्।


ADVERTISEMENT


नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवीका रूपमा परिचित पोखरेल युवा पुस्तामाझ चर्चित छन्। सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका पोखरेलसँग निर्माण क्षेत्रमा समेत लामो समयको अनुभव रहेको छ। यही अनुभवलाई निर्माण व्यवसायी संघको संस्थागत विकासमा उपयोग गर्ने उनको उद्देश्य रहेको छ।


ADVERTISEMENT

# # #


निर्माण व्यवसायीहरूले विभिन्न समयमा भोग्दै आएका समस्या, व्यवसाय सञ्चालनका चुनौती, सरकारी निकायसँगको समन्वय तथा निर्माण क्षेत्रलाई व्यवस्थित बनाउने विषयमा आफूले प्रभावकारी भूमिका खेल्न सक्ने पोखरेलको विश्वास छ।

उनले निर्माण व्यवसायी संघलाई केवल व्यवसायीको साझा संस्था मात्र नभई निर्माण क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बलियो संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।

विशेषगरी बदलिँदो समयअनुसार निर्माण क्षेत्रमा नयाँ प्रविधि, पारदर्शिता, दक्ष जनशक्ति र युवा पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै पोखरेलले अनुभवी पुस्ताको ज्ञान र युवाको ऊर्जालाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

निर्माण व्यवसायी संघमा युवा नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला पोखरेलको उम्मेदवारीलाई धेरैले चासोका साथ हेरेका छन्। निर्माण क्षेत्रको लामो अनुभव, सामाजिक सक्रियता र युवामाझको लोकप्रियता उनका बलिया पक्षका रूपमा देखिएका छन्।

निर्माण व्यवसायीको समस्या समाधानसँगै संघलाई थप व्यवस्थित, बलियो र प्रभावकारी बनाउँदै राष्ट्र निर्माणमा व्यवसायीको भूमिकालाई अझ सशक्त बनाउने लक्ष्यसहित पोखरेल चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले मकवानपुर निर्माण व्यवसायी संघको सदस्य पदमा उनको उम्मेदवारीलाई बलियो र सम्भावनायुक्त युवा उम्मेदवारीका रूपमा हेरिएको छ।